न्याय परिषद् सदस्य पदमा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ निवासी वरिष्‍ठ अधिवक्ता श्री दामोदर खड्का (प्र.प.नं. ३५९) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ।

२०८१ साल माघ २१ गते सोमबार।

ने.सं. ११४५ सिल्लाथ्व पञ्‍चमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता