नेपाली सेना परिचालन स्वीकृति प्रदान

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०८२/०८/०८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ।

२०८२ साल मङ्‌सिर ११ गते बिहीबार।

ने.सं. ११४६ थिंल्लाथ्व, सप्‍तमी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता