विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१/८/६ को सिफारिसमा उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।
२०८१ साल मङ्सिर ९ गते आइतबार।
ने.सं. ११४५ कछलागा नवमी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता