विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Dhiraj Seth, PVSM, UYSM, AVSM लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो। उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यू, माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यू, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूका साथै नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।
समारोह पश्चात् सम्माननीय राष्ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Dhiraj Seth ले शिष्टाचार भेट समेत गर्नु भयो ।
२०८३ साल भदौ १ गते सोमबार।
ने.सं. ११४६ गुँलाथ्व: पञ्चमी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


