विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शैल रुपाखेतीलाई संघीय गणतन्त्र जर्मनीका लागि, श्री जङ्गबहादुर चौहानलाई रूसी महासंघका लागि, श्री चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्यका लागि, डा. नरेशविक्रम ढकाललाई साउदी अरेबिया अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा र थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री धन बहादुर वलीलाई क्याम्बोडिया अधिराज्य र गणतन्त्र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल मङ्सिर २ गते आइतबार।
ने.सं. ११४५ कछलागा द्वितीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता