नेपालको गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत श्री सेवा लम्साललाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

 

२०८२ साल जेठ २८ गते बुधबार।

ने.सं. ११४५ तछलाथ्व पूर्णिमा।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता