विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल पुस ३ गते बुधबार।
ने.सं. ११४५ थिंलागा तृतीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता