नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगलका लागि; श्री सनिल नेपाललाई स्पेनका लागि; प्रा.डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि; श्री सेवा लम्साललाई बेल्जियम अधिराज्यका लागि र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल मङ्‌सिर २८ गते शुक्रबार।

ने.सं. ११४५ थिंलाथ्व त्रयोदशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता