नेपालका लागि अष्‍ट्रेलियाका राजदूतबाट विदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि अष्‍ट्रेलियाका राजदूत H.E. Ms. Leann Johnston ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र अष्‍ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Leann Johnston लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८२ साल मङ्‌सिर १७ गते बुधबार।

ने.सं. ११४६ थिंल्लाथ्व, त्रयोदशी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता