निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीले राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो।

२०८२ साल माघ १४ गते बुधबार।

ने.सं. ११४६ सिल्लाथ्व, दशमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता