विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ।
साथै, आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
२०८३ साल जेठ ५ गते मङ्गलबार।
ने.सं. ११४६ अनलाथ्व: तृतीया।
(रितेशकुमार शाक्य)
प्रवक्ता


