नवनियुक्त राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

तपसिल

क्र.सं. राजदूत मुलुक
१. श्री लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका
२. डा. शैल रूपाखेती संघीय गणतन्त्र जर्मनी
३. डा. नरेशविक्रम ढकाल साउदी अरेबिया अधिराज्य
४. श्री चित्रलेखा यादव अष्ट्रेलिया

२०८१ साल मङ्‌सिर १६ गते आइतबार।

ने.सं. ११४५ कछलागा ‌औंशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता