नवनियुक्त राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

तपसिल

क्र.सं. राजदूत मुलुक
१. श्री रीता धिताल इस्लामिक गणतन्त्र पाकिस्तान
२. श्री रमेशचन्द्र पौडेल कतार
३. प्रा. धनप्रसाद पण्डित इजरायल
४. प्रा. डा. कृष्णप्रसाद ओली जनवादी गणतन्त्र चीन

 

२०८१ साल मङ्सिर २ गते आइतबार।

ने.सं. ११४५ कछलागा द्वितीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता