विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
तपसिल
क्र.सं. | राजदूत | मुलुक |
१. | श्री प्रकाशमणि पौडेल | गणतन्त्र पोर्चुगल |
२. | प्रा.डा. कपिलमान श्रेष्ठ | गणतन्त्र दक्षिण अफ्रिका |
३. | श्री सेवा लम्साल | बेल्जियम अधिराज्य |
४. | डा. नेत्र प्रसाद तिम्सिना | मलेसिया |
५. | श्री सुम्निमा तुलाधर | डेनमार्क |
२०८१ साल पुस १७ गते बुधबार।
ने.सं. ११४५ प्वहेलाथ्व द्वितीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता