विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
तपसिल
क्र.सं. | राजदूत | मुलुक |
१. | श्री जङ्गबहादुर चौहान | रुसी महासंघ |
२. | श्री चन्द्रकुमार घिमिरे | संयुक्त अधिराज्य |
३. | श्री शनिल नेपाल | स्पेन |
४. | डा. शिवमाया तुम्बाहाङ्फे | गणतन्त्र कोरिया |
५. | डा. शंकर प्रसाद शर्मा | गणतन्त्र भारत |
२०८१ साल पुस ८ गते सोमबार।
ने.सं. ११४५ थिंलागा अष्टमी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता