विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपालका आवासीय राजदूत श्री सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८२ साल मङ्सिर १६ गते मङ्गलबार।
ने.सं. ११४६ थिंल्लाथ्व, द्वादशी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



