विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महामहिम महासचिव Mr. Md. Golam Sarwar ले राष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाई भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा महासचिव Sarwar लाई बधाई दिनुभयो।
२०८३ साल असोज ३० गते शुक्रबार।
ने.सं. ११४६ कौलाथ्व: षष्ठी।
(धर्मराज गैरे)
सहायक प्रवक्ता


