विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्य पदबाट मिति २०८२ भदौ २२ गते दिनुभएको राजीनामा मिति २०८२ भदौ २३ गतेदेखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ।
२०८२ साल भदौ २३ गते सोमबार।
ने.सं. ११४५ ञलागा, पारु।
(अर्चना खड्का अधिकारी)
उपसचिव तथा सूचना अधिकारी



