जापानका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

 

२०८२ साल असार २६ गते बिहीबार।

ने.सं. ११४५ दिल्लाथ्व पूर्णिमा।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता