जापानका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. KIKUTA Yutaka ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. KIKUTA Yutaka लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८१ साल मङ्‌सिर १४ गते शुक्रबार।

ने.सं. ११४५ कछलागा त्रयोदशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता