गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत श्री सेवा लम्साललाई लक्जेम्बर्गका लागि र संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८२ साल जेठ ११ गते आइतबार।

ने.सं. ११४५ बछलागा त्रयोदशी।

(अर्चना खड्का अधिकारी)

उपसचिव एवम् सूचना अधिकारी