गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा. कपिल मान श्रेष्ठलाई गणतन्त्र केन्या र गणतन्त्र जिम्बावेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८२ साल साउन १२ गते सोमबार।

ने.सं. ११४५ गुंलाथ्व चतुर्थी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता