गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपालका आवासीय राजदूत श्री सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र  संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत श्री चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८२ साल साउन १ गते बिहीबार।

ने.सं. ११४५ दिल्लागा सप्‍तमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता