गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

 

२०८२ साल असार १८ गते बुधबार।

ने.सं. ११४५ दिल्लाथ्व सप्‍तमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता