विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत श्री निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत श्री रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत श्री पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८२ साल जेठ २२ गते बिहीबार।
ने.सं. ११४५ तछलाथ्व दशमी।
(ईश्वरीप्रसाद पाण्डे)
सहायक प्रवक्ता