विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री धन बहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ।
२०८१ साल माघ २९ गते मङ्गलबार।
ने.सं. ११४५ सिल्लाथ्व चतुर्दशी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता