गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा क्यानाडाका लागि नेपालको आवासीय राजदूत श्री भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि; थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत श्री निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ।

२०८१ साल माघ २ गते बुधबार।

ने.सं. ११४५ प्वहेलागा द्वितीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता