गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल चैत २७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाकिस्तानका लागि नेपालको आवासीय राजदूत श्री तापस अधिकारीलाई इस्लामिक गणतन्त्र इरानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता