कार्यभार तोक्नु भएको

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा संवत् २०८२ साल माघ १८ गतेदेखि २१ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संवत् २०८२ साल माघ १८ गते (तदनुसार १ फेब्रुअरी, २०२६) आइतबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्‍ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ।

२०८२ साल माघ १८ गते आइतबार।

ने.सं. ११४६ सिल्लाथ्व, पूर्णिमा।

(रितेशकुमार शाक्य)

प्रवक्ता