विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (29th UN Climate Change Conference COP29) का अवसरमा आयोजना हुने World Leaders Summit मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै सम्वत् २०८१ साल कात्तिक २५ गते आइतबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ।
२०८१ साल कात्तिक २५ गते आइतबार।
ने.सं. ११४५ कछलाथ्व नवमी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता