कार्यभार तोक्नु भएको

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू कतारको दोहामा सम्वत् २०८२ साल कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने Second World Summit For Social Development विषयक कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०८२ साल कात्तिक १७ गते (तदनुसार ०३ नोभेम्बर, २०२५) सोमबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्‍ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ।

२०८२ साल कात्तिक १७ गते सोमबार।

ने.सं. ११४६ कछलाथ्व, त्रयोदशी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता