ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
१. इजिप्‍ट H.E. Mr. Sherif Moustafa Alsayed आवासीय
२. नर्वे H.E. Ms. Dagny Mjos आवासीय
३. श्रीलङ्का H.E. Ms. Ruwanthi Delpitiya आवासीय
४. म्यानमार H.E. U Thant Sin आवासीय

 २०८२ साल कात्तिक २७ गते बिहीबार।

ने.सं. ११४६ कछलागा, नवमी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता

 H.E. Mr. Sherif Moustafa Alsayed, Resident Ambassador of Egypt. H.E. Ms. Dagny Mjos, Resident Ambassador of Norway.
H.E. Ms. Ruwanthi Delpitiya, Resident Ambassador of Sri Lanka. H.E. U Thant Sin, Resident Ambassador of Mynamar.