ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. जनगणतन्त्र बंगलादेश H.E. Md. Shafiqur Rahman आवासीय
२. गणतन्त्र दक्षिण अफ्रिका H.E. Mr. Anil Sooklal गैरआवासीय
३. गणतन्त्र एङ्गोला H.E. Mr. Clemente Pedro Francisco Camenha गैरआवासीय
४. गणतन्त्र अर्जेन्टिना H.E. Mr. Mariano Agustin गैरआवासीय

२०८२ साल असार ९ गते सोमबार।

ने.सं. ११४५ तछलागा त्रयोदशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

 H.E. Md. Shafiqur Rahman, Resident Ambassador of the People’s Republic of Bangladesh H.E. Mr. Anil Sooklal, Non- Resident Ambassador of the Republic of South Africa
H.E. Mr. Clemente Pedro Francisco Camenha, Non-Resident Ambassador of the Republic of Angola H.E. Mr. Mariano Agustin, Non- Resident Ambassador of the Argentine Republic