ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. केन्या H.E. Mr. Munyiri Peter गैरआवासीय
२. जोर्डन H.E. Mr. Yousef Abdelghani गैरआवासीय
३. जिम्बाब्वे H.E. Ms. Stella Nkomo Vahagn गैरआवासीय
४. डेनमार्क H.E. Mr. Rasmus Abildgaard गैरआवासीय
५. उरुग्वे H.E. Mr. Alberto A. Guani गैरआवासीय

२०८२ साल जेठ १९ गते सोमबार।

ने.सं. ११४५ तछलाथ्व सप्‍तमी।

(ईश्वरीप्रसाद पाण्डे)

सहायक प्रवक्ता

 

H.E. Mr. Munyiri Peter, Non- Resident Ambassador of the Republic of Kenya H.E. Mr. Yousef Abdelghani, Non- Resident Ambassador of Hashemite Kingdom of Jordan
H.E. Ms. Stella Nkomo Vahagn Afyan, Non- Resident Ambassador of the Republic of Zimbabwe H.E. Mr. Rasmus Abildgaard, Non- Resident Ambassador of Demark
H.E. Mr. Alberto A. Guani, Non- Resident Ambassador of Uruguay