विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ९ बमोजिम प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री रुबी कुमारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
२०८२ साल चैत २७ गते शुक्रबार ।
ने.सं. ११४६ चौलागा: अष्टमी ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


