उद्धार, खोज र राहत कार्यमा सहयोग

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हिजो मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएकोले विपद् पिडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ।

२०८३ साल भदौ ११ गते बिहीबार।

ने.सं. ११४६ गुँलाथ्व: चतुर्दशी।

(रितेशकुमार शाक्य)

प्रवक्ता