विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री पूर्ण बहादुर नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल फागुन १९ गते सोमबार।
ने.सं. ११४५ चिल्लाथ्व चतुर्थी ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता