आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र श्री लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका  लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल कात्तिक २५ गते आइतबार।

ने.सं. ११४५ कछलाथ्व नवमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता