विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल कात्तिक २१ गते बुधबार।
ने.सं. ११४५ कछलाथ्व पञ्चमी।
(अर्चना खड्का अधिकारी)
उपसचिव एवम् सूचना अधिकारी