आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम थारू आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री सुबोध सिंह थारू र राष्‍ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्‍वकर्माले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८३ साल असोज २१ गते बुधबार।

ने.सं. ११४६ ञलागा: द्वादशी।

(कृष्ण बहादुर शाही)

प्रवक्ता