विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारी र आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री रामबहादुर थापा मगरले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८२ साल असोज ३१ गते शुक्रबार।
ने.सं. ११४५ कौलागा, एकादशी।
(ईश्वरीप्रसाद पाण्डे)
सहायक प्रवक्ता



