विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री जुद्ध बहादुर गुरुङ र थारु आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री सुबोध सिंह थारुले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८२ साल असोज ३० गते बिहीबार।
ने.सं. ११४५ कौलागा, दशमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



