विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग र थारू आयोगका माननीय अध्यक्षहरू क्रमश: श्री समिम मियाँ अन्सारी र श्री विष्णुप्रसाद चौधरीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०८१ साल असोज २१ गते सोमबार।
ने.सं. ११४४ कौलाथ्व चतुर्थी
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता