आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री राम बहादुर थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८१ साल माघ ८ गते मङ्‌गलबार।

ने.सं. ११४५ प्वहेलागा सप्तमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता