विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेशहरू जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ |
२. | आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१ |
३. | निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ |
४. | आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ |
२०८१ साल पुस २९ गते सोमबार।
ने.सं. ११४५ प्वहेलाथ्व पूर्णिमा।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता