अधिवेशन आह्वान

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/२२ को सिफारिसमा संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ ।

२०८३ साल वैशाख २२ गते मङ्‌गलबार ।

ने.सं. ११४६ वछलागा: चतुर्थी ।