सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवौं भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

नवौं भूकम्प स्मृति दिवसको  सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २६२३ औं महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

२६२३ औं महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२३ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८१ सालको शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८१ को शुभकामना सन्देश नव वर्ष २०८१ सालको सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नव वर्षलाई विगतको समीक्षा गर्ने तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं। तसर्थ, नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। हामीले यस अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न म सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्दछु। मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद (ईद उल फित्र) पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ईद (ईद उल फित्र) पर्व, २०८० को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी  दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फागुपूर्णिमा (होली) पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०८० को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ  हुने होली पर्व पूर्णिमाको रात्री चीर दाह गरेपछि समापन हुन्छ । रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्‌भावको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व हिमाली, पहाडी तथा भित्री मधेश, काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्‍व पानी दिवस, २०२४ (२२ मार्च) को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व पानी दिवस, २०२४ (२२ मार्च) को शुभकामना सन्देश पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवस, २०२४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘शान्ति र समृद्धिको लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ । पानी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ग्याल्पो ल्होसार, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

ग्याल्पो ल्होसार, २०८० को शुभकामना सन्देश शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक  शुभकामना व्यक्त गर्दछु । नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाई गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ । नेपाल Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी लगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्ष  अन्तर्राष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट “Invest in women :Accelerate progress” भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ भने “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने  राष्ट्रिय नाराका साथ यस दिवस मनाइरहेका छौं । Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महाशिवरात्री पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्रि पर्व, २०८० को शुभकामना सन्देश महाशिवरात्रि पर्व, २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्‍वास गरिने  मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ Read More …