Press Note

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं २०७३ का अवसरमा मिति २०७३/६/२५ गते मंगलबार विजया दशमीका दिन टीका प्रदान हुने हुँदा सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:०० बजे देखि अपरान्ह २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि अपरान्ह ५:०० बजे सम्मका लागि शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।